भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो ।

सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् ।

दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?