स्वेच्छिक सदस्यता त्याग गर्न पत्रकार महासंघ लुम्बिनीको आग्रह

पत्रकारिता  क्षेत्रमा क्रियासिल नरहेका सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आग्रह गरेको छ ।

पत्रकारिता क्षेत्रमा क्रियासिल नरहेका र स्वेच्छिक रुपमा सदस्यता त्याग गर्ने सबै सदस्यहरुलाई सम्मान सहित विदा गर्ने र आबश्यक्ता अनुसार मानार्थ सदस्यता प्रदान गर्ने महासंघ लुम्बिनी प्रदेश समितिले बताएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा झण्डै १८ सय जना नेपाल पत्रकार महासंघका साधारण सदस्य छन् ।

महासंघका प्रदेश महासचिव बिक्रम खड्काले एक प्रेस विज्ञप्ति जारी गरि गएको पुस ८ र ९ गते सुर्खेतमा भएको साधारण सभाले बनाएको सदस्यता शुद्धिकरण साितिले प्रस्ताव गरे अनुशार लुँिबनीमा भएको राष्ट्रिय मिडिया सम्मेलन र केन्द्रिय सििमतको बैठकले पारित गरेको सदस्यता शुद्धिकरण मापदण्ड अनुसार पत्रकारिता क्षेत्रमा सक्रिय नरहेका ब्यक्तिहरुलाई सदस्यता त्याग गर्न आब्हान गरेका हुन् ।

पत्रकार महासंघका नयाँ मापदण्ड अनुसार पत्रकारिता पेशामा तीन बर्ष देखि सक्रिय नरहेको, राजनितिक दलको कुनैपनि समितिको पदाधीकारी रहेको, जनप्रतिनिधि रहेको, सरकारी, तथा सेवा आयोगको स्थायी। अस्थायी र करार सेवाको कर्मचारी, मिडिया संस्थान बाहेक अन्य सस्थानका कर्मचारीको सदस्यता नवीकरण नहुने महासंघका महासचिव खड्काको भनाई छ ।

मुख्य पेशा पत्रकारिता बाहेक अन्य रहेका, कहिलेकाही मात्र पत्रकारिता गर्ने गैर सरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी र ६ महिना भन्दा लामो समयदेखि विदेशमा रहेका व्यक्तिहरुको सदस्यता नवीकरण नगर्ने केन्द्रिय समतिले परिपत्र गरसकेकाले स्वेच्छिक सदस्यता त्याग गर्न आग्रह गरिएको नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीको भनाई छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?