लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी नगरपालिकाको प्रथम नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।
क्षेत्र नम्बर ५का सभापति वसिउल्लाह मुसलमानले कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपाली कांग्रेसलाई रुपान्तरण गर्न र चुनावमा अन्तारघात गर्नेहरुलाई पार्टीबाट कारवाही गरी पार्टी सुद्धिकरण गर्नुपर्ने बताए ।
लुम्बिनीका कार्यवहाक सभापति राधेश्याम गुप्ताको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा ५(ख)का सभापति विन्दाराम यादव , वर्डा नम्बर १ देखि १३ सम्मका बुथ सभापति र नगर सदस्यहरुको उपस्थितीमा कार्यक्रम सञ्चालन भएको हो ।












