back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

पाणिनि बहुप्राविधिक शिक्षालयका प्रशिक्षक एवं कर्मचारीहरु आन्दोलित

spot_img

अर्घाखाँची ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत पाणिनि बहुप्राविधिक शिक्षालयका प्रशिक्षक एवं कर्मचारीहरु पनि राष्ट्रिय आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलित भएका छन् । उनीहरुले विरोध स्वरुप हातमा कालोपट्टी बाधेर राज्यलाई झक्झकाएका छन् ।

पेसागत सुरक्षाको ग्यारेन्टी लगायतका माग राख्दै शिक्षालयका शिक्षक एवं कर्मचारीहरु आन्दोलित भएका हुन् । तत्काल विनियावली संशोधन गरी सेवा करारलाई कर्मचारीको रुपमा परिभाषित गर्दै सिटिइभिटी सेवा आयोग गठन गरी खुला विज्ञापनमा उमेर हद नलाग्ने गरी स्थायी पदपूर्ति गरिनुपर्ने उनीहरूको माग रहेको छ। स्थायी पदपूर्ति प्रक्रियामा छनौट हुन नसकेका सेवा करार लाई सेवा करार अवधि अनुसार न्यूनतम प्रतिवर्ष तीन महिनाको तलब बराबरको रकम उपदानको रुपमा व्यवस्था हुनुपर्ने र सेवामा प्रवेश गरिसकेपछि कर्मचारी संचयकोष विधा बीमा तथा अन्य सुविधाहरु अनिबार्य रुपमा स्थायी कर्मचारी सरह हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको शिक्षालयका प्रशिक्षक वरुण रानाभाटले बताएका छन् ।

लामो समयदेखि शिक्षाको क्षेत्रमा राज्य उदासीन बनेको र करारमा शिक्षकहरु नियुक्ति गर्दै जाने तर स्थायित्त्वका सन्दर्भमा राज्यले कुनै चासो नदेखाएको गुनासो उनीहरुको रहेको छ।

आफुहरुको आन्दोलनलाई साथ र सहयोग गरिदिन शिक्षकहरुले शिक्षालय प्रमुख मणि गैरेलाइ पनि आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाएको प्रशिक्षक मोहन आचार्यले जानकारी दिएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (71%)
  • दुःखी (0%)
  • अचम्मित (29%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?