सडक निर्माण गुणस्तरीय नभएको भन्दै मोरङका एक युवा हाइटेन्सन लाइनमा

विराटनगर । मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् ।

बुढीगंगा  गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् ।

सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै उनी आज बिहान ६ बजे हाइटेन्सन लाइनमा चढेका थिए । उनलाई त्यहाँबाट झार्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।

सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै माझी हाइटेन्सन प्रसारण लाइनमा चढेका हुन् ।

उनलाई उतार्नका लागि परिवार, आफन्त, प्रहरीले र वडाअध्यक्षले प्रयास गरेका थिए । तर उनले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिबद्धता जनाउनु पर्ने माग गरेका छन् ।

अध्यक्ष र उपाध्यक्ष भने धनकुटामा छन् । ´उद्धारका लागि हामी चढ्दा हाम्फाने डर छ, उहाँले अध्यक्ष नै आउनुपर्छ भन्नुभएको छ,’ डिएसपी दाहालले भने, ‘अध्यक्ष उपाध्यक्षज्यूलाई चाडो आइदिनुहोस् भनेका छौं ।’

उनले आफ्नो मागलाई वेवास्ता गरे आत्महत्या गर्ने चेतावनी समेत दिएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?