समाजबादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा परियार सर्वसम्मत

बुटवल । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन: विनोद परियार सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा पुनहरी बेल्बासे, अर्का उपाध्यक्षमा उषाकिरण पन्थ, सचिवमा प्रतिक पौडेल, सहसचिवमा अस्मिता अधिकारी र कोषध्यक्षमा शिशिर पाण्डेलाई निर्वाचित गरेको छ ।

यसैगरि सदस्यहरुमा प्रशंशा भण्डारी, गणेश नेपाली, माधवेन्द्र यादव, वसन्त चन्द, जगन्नाथ सहानी, धनु गुरुङ लगायत चयन भएका छन् । यसअघि आयोजित उद्घाटनसत्रमा बोल्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्वमणि सुवेदीले पत्रकारितामा रुपन्देहीको गरिमालाई थप उचाईमा पु¥याउने गरि काम गर्न नयाँ कार्यसमितिलाई शूभकामना दिए ।
उनले समाजवादी प्रेस संगठन बिशिष्ट अवस्थामा जन्मिएको बताउँदै यसमा आबद्ध पत्रकारहरुले पत्रकारिताको मूल्य मान्यता र मर्यादालाई आत्मसाथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले पत्रकार जहिल्यै पनि आलोचनात्मक चेतका साथ आफ्नो कर्ममा क्रियाशिल हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले पत्रकारिता नेतामुखी बढि भएको बताउँदै जनमुखी बनाउनुपर्ने बताए । उनले अहिले समाजवादी समाज निर्माणको आवश्यकता महसुस भइरहेको बताउँदै त्यसलाई स्थापित गर्ने गरि पत्रकारहरुको कलम चल्न आवश्यक रहेको बताए । केन्द्रीय सदस्य भट्टराईले माक्र्सको भनाई उदृत गर्दै ‘लेख्नका लागि बाँच्ने की बाँच्नका लागि लेख्ने’ यसको गहिरो अर्थ अनुसार अगाडि बढाउनु पत्रकारिताको चुनौती रहेको बताए ।

अधिवेशनमा समाजवादी प्रेस संगठन, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हृदय भुसालले केन्द्रीय महाधिवेशन अगाडि लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न गर्ने गरि संगठन निर्माणको अभियानमा खटिएको बताए । उनले रुपन्देही जिल्ला प्रदेशको अगुवाई गर्ने जिल्ला भएकाले नयाँ नेतृत्वले त्यसलाई स्थापित गर्ने गरि काम गर्नुपर्नेमा जोड दिए । अधिवेशनले सचिव, कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिव शंकर घर्ती, समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष शंकर पाण्डेय, सचिव दीपक अनुरागी, कोषाध्यक्ष प्रकाश न्यौपाने लगायतको उपस्थिती थियो । अधिवेशनको उद्घाटन सत्र विनोद परियारको अध्यक्षता, उषाकिरण पन्थको स्वागत एंव पुनहरि बेल्बासकेको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?