लुम्बिनी : भागबण्डा मिलाउनै सकस्, मुख्यमन्त्रीको काँधमा ९ मन्त्रालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको काँधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ९ मन्त्रालयको जिम्मेवारी छ।

वैशाख १५ गते शपथ लिएका चौधरीले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन्। सोमबार दाङ निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका धन बहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।

आर्थिक वर्ष २०८०/०८१ को नयाँ बजेटको तयारी गर्न समस्या परेकाले मास्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो। नागरिक उन्मुक्ति पार्टीका धर्म बहादुर चौधरी र लोकतान्त्रिक पार्टीका सन्तोष कुमार पाण्डेय विना विभागीय मन्त्री छन्।

अहिले मुख्यमन्त्री चौधरीको काँधमा खानेपानी, ग्रामीण तथा सहरी विकास, भौतिक पूर्वाधार विकास, स्वास्थ्य, आन्तरिक मामिला कानुन तथा सहकारी, वन तथा वातावरण, उद्योग पर्यटन तथा यातायात व्यवस्था, कृषि तथा भूमि व्यवस्था र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?