एसी मिलानलाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई १–० गोलले हराउँदै समग्रमा ३–० गोलको जितसहित इन्टर मिलान उपाधि नजिक पुगेको हो ।

एसी मिलानको मैदान सान सिरोमा गएराति भएको खेलमा इन्टर मिलानका लाउटारो मार्टिनेजले खेलको ७४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

पहिलो लेगमा इन्टर मिलान २–० ले विजयी भएको थियो । इन्टर मिलानले उपाधिका लागि म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ ।

म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको दोस्रो लेग आज राति हुँदैछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?