अर्घाखाँची । जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ८ पालि खगडी स्थीत आगलागि पिडितहरुलाई आर्थिक सहयोग गरीएको छ ।
अर्घाखाँची मिडिया नेटवर्कले सहयोग अभियान संचfलन गरेर संकलित रकम वडा अध्यक्ष मार्फत पिडितलाई हस्ताण्तरण गरीएको हाे । सहयोग अभियानबाट उठेको सहयोग रकम १ लाख ७४ हजार ५ सय रुपैँया बुधबार एक कार्यक्रमका बिच हस्ताण्तरण गरीएको हो ।
बैशाख ६ गते बुधबार जङ्गलमा लागेको ओगो अनियन्त्रित भई गाउँमा पस्दा पाणिनि गाँउपालिका वडा न. ८ खगडिमा २ वटा घरमा क्षति हुन गएको थियो । उनीहरुको आर्थिक अवस्था पहिले देखिनै कमजोर भएको कारण सहयोग अभियान संचालन गरीएको र सोही अनुसार बिभिन्न ठाउँबाट सहयोग संकलन गरी हस्ताण्तरण गरीएको अर्घाखाँची नेटवर्कका संचालक राजेस पौडेलले बताए ।
आगामि दिनहरुमा पनि यस्ता भइपरि आउने बिपदका कारण पिडितहरुलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिईने अर्का संचालक गिरीराज पाण्डेले जाकारी दिए ।
















