back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

लक्ष्मण पाण्डे (कार्य सम्पादन विवरण)

spot_img

संवैधानिक निकाय¸ गृह प्रशासन र स्थानीय तहको समेत गरी निजामती सेवामा १८ वर्ष भन्दा बढीको अनुभव संगालेका कुशल प्रशासक लक्ष्मण पाण्डे नेपाल सरकारको शाखा अधिकृतको रुपमा कार्यरत रहनु भएको छ । गुल्मीदरबार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा  २ वर्ष १० महिना ८ दिन कार्यरत रहँदा गुल्मीदरबार गाउँपालिकालाई उत्कृष्ठ गाउँपालिका बनाउन सफल हुनुभएको छ । प्रमुख प्रशासकीय अधिकृतको रुपमा गाउँपालिकाका रहँदा राज्यबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरु समेत नलिई एउटा राष्ट्रसेवकले कसरी मितव्ययीता र इमान्दारिता प्रकट गर्न सक्छन भन्ने गतिलो उदाहरण प्रस्तुत गर्दै सबैको लागि अनुकरणीय पात्रको रुपमा रहनु भएको छ । हाल उहाँ जिल्ला निर्वाचन अधिकारीको रुपमा तौलिहवामा कार्यरत हुनुहुन्छ । उहाँ गाउँपालिकामा रहँदा आफ्नो प्रयासमा सम्पादन  गरेका केही नविनत्तम कार्यहरु ।

१. गाउँपालिकामा सेवा लिन आउने नागरिकहरुको काममा सहजिकरणको लागि २०७७ भाद्र १ देखि नागरिक सहायता कक्ष सञ्चालन

२. गाउँ कार्यपालिकाकाको कार्यालयमा विभिन्न शाखाहरूको कोठा नंम्बर सहित शाखाको नामाकरण

३. शाखाहरू काममा समन्वय र सहजिकरणको लागि इन्टरकमको व्यवस्था

४. गुल्मी जिल्लामा पहिलो पटक स्थानीय तहमा कार्य सम्पादन करार सम्झौता गरि कर्मचारीहरुलाई आफ्नो काममा जिम्मेवार बनाएको ।

५. गाउँपालिकाको सम्पूर्ण कृयाकलाप सहितको मासिक ई-बुलेटिन प्रकाशन¸ नेपालमै नमूनाको रुपमा ई-बुलेटिन प्रकाशन भएपश्चात गाउँपालिकाको सम्पूर्ण गतिविधिहरु नागरिक तथा सरोकारवालाहरुले जतिवेला पनि हेर्न सक्ने व्यवस्था मिलाईएको ।

६. कर्मचारीलाई नियमित जनताको सेवामा तल्लिन हुनको लागि २०७७ श्रावण देखि विधुतिय हाजिरी प्रयोग र सफ्टवेयर मार्फत हाजिरी व्यवस्थापन (कागजी हाजिरी विस्थापित)

७. राजस्व संकलनमा पारदर्शिता र राजस्व चुहावट नियन्त्रण गर्न २०७८ बैशाख १ गते देखि गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट Online system बाट राजस्व सङ्कलन, कर तिरेको जानकारी नागरिकको मोबाइलमा SMS जाने व्यवस्था

८. गाउँपालिकामा रहँदा हालसम्म कुनै पनि भ्रमण भत्ता नलिएको (करिब ३ लाख ५० हजार रकम गाउँपालिकाकै विकासको लागि प्रयोग) साथै कार्यालय समयमा कुनै कार्यक्रममा प्रशिक्षण गरे वापतको करिब ८० हजार प्रशिक्षक पारिश्रमिक नलिएको ।

९. केही बैठक भत्ताको रकम नलिने कार्यको प्रारम्भ

१०. 2077 भाद्र देखि व्यक्तिगत घटनादर्ता Online प्रणाली मार्फत गर्ने व्यवस्था मिलाएको

११. गाउँपालिकाको पहिचान सहितको लोगो निर्माण र प्रयोग

१२. उपभोक्ता समितिको पुस्तिका निर्माण र वडा मै गई योजना सम्झौता गर्ने कार्यको सुरूवात

१३. गाउँपालिकाको पहिचान सहितको गीत निर्माण (https://bit.ly/3GAIJZd) तथा ५ वर्षको documentary निर्माण र पुस्तक प्रकाशन (https://bit.ly/413Mu1P)

१४. जनताप्रति उत्तरदायी र जवाफदेहीताको लागि जनतासँग गाउँपालिका रेडियो कार्यक्रम संचालन

१५. गाउँपालिकामा रहेका अभिलेखिकरण नगरिएका विभिन्न जिन्सी सामग्रीहरुको एकीकृत अभिलेखिकरण¸ प्रत्येक जिन्सी सामग्रीहरुमा जिन्सी खाता नम्बर लेखाउने कार्य गरी गाउँपालिकाको आफ्नै जिन्सी र सम्पती व्यवस्थापन सफ्टवेयर प्रयोग गरी जिन्सी व्यवस्थापनलाई दिर्घकालिन र पारदर्शी बनाएको ।

१६. कर्मचारीहरुलाई कार्य सम्पादन मूल्याङ्कनको आधारमा मासिक रुपमा कर्मचारीको मूल्याङ्कन गरि प्रोत्साहन गर्ने कार्यको सुरुवात ।

१७. नियमित रुपमा मासिक समिक्षा र स्टाफ बैठक संचालन

१८. नागरिकलाई विना अवरोध सेवा प्रवाह उपलब्ध गराउनको लागि सबै वडा कार्यालयमा पावर व्याकअप सहित डिजीटल सेवाको लागि आवश्यक प्रबन्ध मिलाएको ।

१९. नागरिकको हातहातमा सुचना पुर्‍याउन र सूचनाको हकको प्रत्याभूति गराउन विभिन्न सूचना तथा जानाकारीको लागि गाउँपालिकाको सामाजिक सञ्जाल र वेबसाइट नियमित अद्यावधिक

२०. शुन्य बेरुजु गराउने गरी कार्य सम्पादन गर्दै बेरूजु फर्छौट प्राथमिकता राखी कार्य गरेको

२१. गाउँपालिकाको महत्वपूर्ण सूचनाहरु नागरिकको घरघरमा सूचना पुर्‍याउन SMS को प्रयोग

२२. हाम्रो गुल्मीदरबार स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण

२३. कुनै पनि सेवा प्रदायकहरु प्रयोग नगरि मितव्यीता कायम गर्दै  विभिन्‍न ऐन, नियम र कार्यविधि निर्माण (कुनै रकम खर्च नगरी निर्माण गरिएको)

२४. सबै शाखाहरूमा CCTV जडान गरी सेवा प्रवाहको नियमित अनुगमन गर्ने व्यवस्था मिलाईएको

२५. सूचनाको हकको स्वत: प्रकाशन को नियमित प्रकाशन

२६. १५ शैया अस्पताल जग्गा व्यवस्थापन र भवन निर्माण कार्यमा समन्वय गरी भौतिक प्रगती हासिल गर्न सफल

२७. प्रदेश मन्त्रालयसंग समन्वय गरी गाउँपालिकाको सभाहलको बाँकी रहेको कार्य सम्पन्‍न गरी सुविधासम्पन्न सभाहल निर्माण

२८. जेष्‍ठ नागरिकसँग गाउँपालिका कार्यक्रम संचालन गरि टोलटोलमा गई जेष्‍ठ नागरिक सम्मान

२९. कृषकहरुलाई उत्प्रेरित गर्न कृषकसँग प्राविधिक कार्यक्रम संचालन गरी किसानहरुको सूचिकरण गरेको ।

३०. विद्यार्थीसंग गाउँपालिका कार्यक्रम संचालन (cyber crime, घरेलु/लैङ्गिक हिंसा, खाद्य सुरक्षा र उपभोक्ता हक, E-mail & internet, सेवा प्रवाह, भष्ट्रचार र सुशासन लगायतका विषयमा विद्यालयमा प्रशिक्षण)

३१. अलग अलग स्थानमा रहेका शाखाहरू करीब एकै स्थानबाट संचालन गरी नागरिकलाई सहज सेवा उपलब्ध

३२. पूर्वाधार निर्माणको गुणस्तरीयताको लागि नियमित अनुगमन, निरीक्षण

३३. नियमित रूपमा वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरूको अनुगमन निरीक्षण

३४. महिला सशक्तिकरणको लागि विभिन्न कार्यक्रम सञ्चालन  गरी महिलाहरुलाई आत्म निर्भर बनाउन आवश्यक समन्वय र सहकार्य गरेको ।

३६. कार्य सम्पादनमा उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यको सुरूवात

३७. कार्यपालिका बैठकको निर्णयहरु वेबसाइट र ई-बुलेटिनमा प्रकाशन गर्ने कार्य

३८. कार्यपालिका बैठकमा कार्यालयबाट सम्पादन भएका विभिन्न कार्यहरूको जानाकारी गराउने व्यवस्था

३९. LISA, FRA र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा ल्याउन सफल

४०. गाउँपालिकामा कार्यरत रहँदा प्रमुख प्रशासकीय अधिकृत निवास र खाना प्रयोग नगरेको ।

४१. कार्यालयमा जाँदा र फर्कदा अधिकतम समय आफ्नो निजी स्कुटर प्रयोग गरी मितव्ययी बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको । कार्यालयको काममा बाहेक कार्यालयको सवारी साधन प्रयोग नगरेको ।

४२. शाखा प्रमुख र वडा सचिवहरूलाई कार्यालयको मोबाइल नम्बर NTC SIM र मासिक संचार शुल्क उपलब्ध गराई नागरिकहरुको गुनासो, चासो सम्बोधन गर्ने व्यवस्था मिलाएको

४३. समय समयमा सेवाग्राही सन्तुष्टी सर्भेक्षण गराई कार्यालयको सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन पहल गरेको

४४. २०७७ जेठ २१ गते देखि हाल सम्म ३४ महिना ८ दिन सम्म कार्यरत रहँदा जम्मा १६ दिन मात्र अत्यावश्यक काममा बिदामा बसी अटुट रूपमा सेवा प्रवाहमा खटिएको ।

४५. गाउँपालिकाको लागि थप १ सवारी साधन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, गुल्मीसंग समन्वय गरी ल्याउन आवश्यक समन्वय गरेको (गाउँपालिकाको सवारी खरिदको लाखौ रकम बचत भएको)

४६. नियमित रुपमा चौमासिक समिक्षा, सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको ।

४७. कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिएको ।

४८. गाउँपालिकाको नयाँ नारा संशोधन गरि कार्यान्वयन गरेको ।

४९. कुन कर्मचारी कति दिन सेवा प्रवाहमा खटीकएको छ भनेर सार्वजनिक गर्न कर्मचारीको हाजिरी काज र बिदा सम्बन्धी विवरण ई बुलेटिन मार्फत सार्वजनिक गरिएको ।

५०. विभिन्न शाखा तथा वडाहरुको मासिक प्रगती विवरण प्रकाशन गर्ने व्यवस्था मिलाईएको ।

५१. जनता-राजनीतिकदल-जनप्रतिनिधि-कर्मचारीहरुबीच समन्वय र सहकार्य गरी गाउँपालिकको वृहत्तर हितको लागि कटिवद्ध  र प्रतिवद्ध भएर कार्य सम्पादन गरेको ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (94%)
  • दुःखी (0%)
  • अचम्मित (6%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?