अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बैशाख महिनामा मात्र राहदानी बापत ४० लाख २ हजार ५ सय राजस्व संकलन गरेको छ ।
प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार सामान्य र द्रुत सेवा सिफारिस बापत ४० लाख २ हजार ५ सय राजस्व संकलन भएको हो । कार्यालयले बैशाख महिनामा मात्र ७ सय ९ सामान्य सिफारिस र ३५ द्रुत सेवा सिफारिस अन्तर्गत गरि ७ सय ४४ वटा राहदानी सिफारिस गरेको छ । भने ९ सय ४९ वटा राहदानी बितरण गरेको जिल्ला प्रशासन कार्यालका प्रशासन अधिकृत नुमलाल पन्तिले जानकारी दिए ।
याे तथ्याङ्क हेर्दा अर्घाखाँचीमा दैनीक २५/३० जनाले राहदानी बनाउने गरेका छन् ।
यस्तै हालसम्म जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले ७ हजार ३१ सामान्य सिफारिस र ५ सय ८२ द्रुत सेवा सिफारिस गरि ७ हजार ६ सय १३ वटा राहदानी सिफारिस गरेको छ । सो सिफारिस बापत हालसम्म ४ करोड ४२ लाख १५ हजार राजस्व संकलन गरेको छ ।
यस्तै कार्यालयले बैशाख महिनामा मात्र वंशजका आधारमा ७ सय २ जनालाइ नागरीकता, नागरीकताकाे प्रतिलिपि १ हजार १ सय ९९ जना र नाबालक परिचयपत्र १ सय ३३ जनालाई वितरण गरेको छ ।












