नीति तथा कार्यक्रमको सार्थकता ?

नेपाल सरकारले यसवर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। निकै सुन्दर र कलात्मक भाषाको सुझबुझपुर्ण प्रयोग गरिएको पूर्ण पाठ विशेष हुँदा हुँदै पनि कार्यक्रमप्रतिको विश्वास जनमानसमा घट्दै गएको छ।

सरकारले नीति तथा कार्यक्रममा समेटेका योजना घोषणाअनुसार कार्यान्वयन गर्न नसक्दा वर्षौँसम्म उही लक्ष्य पूरा गर्ने भन्दै एउटै कार्यक्रम दोहोर्‍याउने लज्जास्पद अभ्यास हुँदै आएको छ । सामान्य केही पदावली थपघट गरेर एउटै कार्यक्रमलाई पटक पटक नीति तथा कार्यक्रममा समेट्ने गरिएको छ ।

सरकारले हरेक आर्थिक वर्षमा निश्चित कार्यक्रम सम्पन्न गर्ने गरी प्राथमिकताक्रम नै तोकेर नीति तथा कार्यक्रम सार्वजनिक गर्छ । बहुवर्षीय आयोजनाको हकमा पनि एक वर्षभित्र सक्ने काम खुलाएर लक्ष्य तोकेको हुन्छ । यही नीति तथा कार्यक्रमका आधारमा बजेट वक्तव्यमार्फत रकम विनियोजन गरी कार्यान्वयनमा जाने प्रक्रिया हुन्छ । तर, सरकारी नीतिमा समावेश कैयौँ कार्यक्रम वर्षौँसम्म अलपत्र छन् ।

सरकारले ल्याउने कतिपय कार्यक्रमको लक्ष्य नै अमूर्त हुन्छ । कसरी र कहिलेसम्म योजना सम्पन्न गर्ने निश्चित नगरी कार्यक्रम सार्वजनिक गरिएका हुन्छन् । वर्षैपिच्छे समयसीमा फेरेरसमेत पुरानै नीति तथा कार्यक्रम दोहोर्‍याएका उदाहरण पनि प्रशस्त भेटिन्छन्। नागरिकमा देखिएका नैराश्यहरुलाई बेलैमा सम्बोधन गर्दै आगामी कार्यक्रममा अर्जुनदृष्टि लगाएर अघि बढ्नुमा नै सबैको कल्याण हुनेछ र घोषणाले समेत सार्थकता पाउनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?