अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी मीना अर्यालको आधिकारिक ट्रेड युनियन लगायत अन्य ट्रेड युनियनहरुले संयुक्तरुपमा विदाई गरेका छन ।
४ महिना अघि मात्र अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँचीमा सरुवा भएको थियो ।
अर्घाखाँची जिल्लामा ईतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी मीना अर्यालको ४ महिले कार्यकाल सफल रहेको उक्त कार्यक्रममा सहभागी विभिन्न ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरुले बताएका थिए । जिल्लामा ट्रेड युनियनले संचालन गरेको सेवाग्राहीको अभिवादन कार्यक्रमलाई कार्यालय प्रमुखको वैठकबाट निर्णय गराई लागु गराउनु भएको कर्मचारीकाे आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माले बताए ।












