बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका ए्रक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
राजु खनाल, भण्डारीलाल अहिर र चन्द्रकेश गुप्ता नयाँ मन्त्रीको रुपमा रहने छन् । आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी छ ।
नयाँ जिम्मेवारी अनुसार धन बहादुर मास्के आर्थीक मामिला मन्त्री, राजु खनाल स्वास्थ्य मन्त्री, सन्तोष कुमार पाण्डेय आन्तरीक मामिला तथा सहकारी मन्त्री, भण्डारीलाल अहिर कृषी तथा भूमि ब्यवस्था मन्त्री, चन्द्रकेश गुप्ता सामाजिक बिकास मन्त्री, धर्म बहादुर चौधरी भौतीक पुर्वाधार बिकास मन्त्री बन्ने भएका छन् ।
यस संगै दोस्रो पटक मन्त्रीपरिसद बिस्तार भए पनि अझै पुर्णता भने पाउन सकेको छैन । मुख्यमन्त्री चौधरीले मुख्यमन्त्री सहित खानेपानी, ग्रामीण तथा सरी बिकास मन्त्रालय, बन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय आफै संग राखेका छन् ।
नवनियुक्त तथा बिभागिय जिम्मेवारी पाएका मन्त्रीहरुको आजै ४ बजे सपथ हुनेछ ।