लाेक कल्याणकारी विज्ञापनकाे रकम नकाट्न महासंघका अध्यक्ष पाेख्रेलकाे आग्रह
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलले सञ्चार माध्यममा सरकारले दिने लाेक कल्याणकारी विज्ञापन नकाट्न आग्रह गर्नुभएको छ ।
सञ्चार माध्यममा दिने लाेक कल्याणकारी विज्ञापन वापदको रकम दिन नसक्ने भनेर सरकारले भनेको छ । यश प्रति हाम्रो गम्भीर विमति छ । नीति बनाएर बर्षाै देखि सञ्चार माध्यमलाई विज्ञापन दिएको छ ।त्याे कुनै दान अनुदान हैन । चन्दा दिएको पनि हैन ।विज्ञापन छापेर, विज्ञापन बजाएर दिने रकम सबै दिनु पर्छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले अर्घाखाँचीकाे शितगंगा नगरपालिकाको भालुबांगमा सञ्चालन गरेको भिडियो सम्पादन अभिबृद्धि प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्दै महासंघका अध्यक्ष पाख्रेलले पत्रकारितामा विश्वसनीयता कायम गर्नु अहिलेकाे चुनाैती रहेको बताउनुभयाे ।
उहाँले न्युनतम पारिश्रमिक निर्धारण समितिले बढाएको पत्रकारको पारिश्रमिक सबै सञ्चार माध्यमले लागू गर्नु पर्ने बताउनुभयाे ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा सञ्चालन भएको भिडियो सम्पादन तालिममा लुम्बिनी प्रदेशमा सञ्चालन भएका टेलिभिजनका पत्रकारहरुकाे सहभागीता रहेको छ ।
तालिमको उद्घाटन समारोहमा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका सचिव लाल वहादुर कवाडी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्का, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष सुदीप गाैतम, प्रेस सेन्टरका प्रदेश अध्यक्ष मानसिंह बिक लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोह नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीकाे अध्यक्षता, उपाध्यक्ष चुमा आचार्यकाे स्वागत मन्तब्य र महासचिव बिक्रम खड्काकाे सञ्चालनमा सम्पन्न भएको हाे ।
लाेक कल्याणकारी विज्ञापनकाे रकम नकाट्न महासंघका अध्यक्ष पाेख्रेलकाे आग्रह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्
कृपया प्रतिक्षा गर्नुहोस...













