किन खोज्दैछन् जनताहरु विकल्प ?

राज्य सञ्चालन राजनैतिक सिद्धान्तको आधारमा हुन्छ। आधुनिक युगमा प्रजातन्त्रलाई राजनैतिक व्यवस्थाको महत्वपूर्ण माध्यम मानिन्छ ।

नेपालको सन्दर्भमा प्रजातन्त्रको उदय पश्चात् मुलुकले फड्को मार्ने विश्वास गरिएको थियो । प्रजातन्त्र स्थापना भएको आज ७ दशकभन्दा बढि भइसक्यो। यस बिचमाअनेकौं राजनैतिक व्यवस्थाको प्रयोग नेपालमा भइसकेका छन्। बहुदलीय व्यवस्था , निर्दलीय पञ्चायती व्यवस्था, जनमतसंग्रह, ०४६ सालको जनआन्दोलन, राजतन्त्र, २०६२/०६३ सालको जनआन्दोलन, गणतन्त्रको स्थापना, मधेस आन्दोलन, संविधानसभाको निर्वाचन जस्ता राजनीतिक परिवर्तनहरु भइसक्दा पनि सामान्य नागरिकहरुले चाहेको र खोजेको पद्धति पाउन नसकिरहेको गुनासो व्याप्त छ।

पछिल्लो समय राजतन्त्रको विरोधमा जनताहरु संगठित बन्दै गए जनताहरूको मुख्य चाहना भनेको देशमा विकास र समृद्धि नै थियो यद्यपि पछिल्ला राजनैतिक घटनाक्रमहरुले नेपालका राजनैतिक दल तथा तिनका नेताहरु कसैबाट पनि राष्ट्रिय परिस्थितिलाई बुझ्ने प्रयास नभएको सर्वत्र महसुस गरियो। परिणामस्वरुप जनतामा असन्तुष्टि फैलिएर विद्रोहको भावना जाग्यो। पुराना राजनैतिक दलहरूको विकल्पमा नयाँ शक्तिहरू देखापर्न थाले। फलस्वरूप पछिल्लो निर्वाचनमा स्वतन्त्र उमेदवार हरुले अत्यधिक मत ल्याएर विजयी हुने अवस्था आयो। देशमा शान्ति र सुशासनको अपेक्षा गरेका जनताहरूका लागि दिवास्वप्न जस्तै बन्यो । फलतः नेपाली नागरिकहरू स्वतन्त्र उमेदवार तथा नयाँ पुस्ताका नयाँ अनुहारहरूलाई नेतृत्व दिनमा अघि बढेको देखिन्छ।

जनताहरुमा देखिएको राजनीतिप्रतिको वितृष्णा र दलीय व्यवस्थाप्रतिको निराशाको अवस्थालाई समयमै सम्बोधन गर्न नसकेमा जनताहरु फरक ढंगले अघि बढ्न सक्ने अनुमान सहजै गर्न सकिन्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?