कोशी सरकारमा माओवादी सहभागी, मन्त्री जीवन आचार्यको सपथ आज

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । आज माओवादी केन्द्र र नेपाली कांग्रेसबाट एक(एक जना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री थापाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक(एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन । माओवादी केन्द्र आज सरकारमा सहभागी हुँदैछ ।

माओवादीबाट प्रदेश सांसद जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुँदैछन् । उनले आज बिहान साढे ९ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

यसअघि नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन मन्त्री थिए । आचार्य माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?