कपिलवस्तु : बसको ठक्करबाट १० गाईगोरु मरे

कपिलवस्तु । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा ३ खरखरेमा बसको ठक्करबाट १० वटा गाईगोरु मरेका छन्।

काठमाडौँबाट दाङ जाँदै गरेको बा प्र ०१००६ ख ५१७१ नम्बरको यात्रु बसले सडकमा रहेका चौपायालाई ठक्कर दिएको बताइएको छ। मङ्गलवार राति अन्दाजी २ बजे भएको घटनाबाट ५ गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिए।

बुद्धभूमि र बाणगङ्गा नगरपालिकाको सीमा क्षेत्रमा भएको दुर्घटनामा अन्य चारवटा गाईगोरु घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ। बसमा सवार यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

चालक र बस प्रहरीको नियन्त्रणमा रहेको छ। मरेका गाईगोरुलाई बुद्धभूमि नगरपालिकाको सहयोगमा गाड्ने तयारी भएको प्रहरीले जनाएको छ। कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापन नहुँदा सडक दुर्घटनाको जोखिम रहेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?