सिटिजन्स बैंकका ग्राहकलाई चौराह अस्पतालमा छुट

बुटवल । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कालीकानगर शाखा र चौराह अस्पताल प्रालि बिच सिटिजन्स बैंकका कर्मचारी र कार्ड होल्डरहरुलाई छुट दिने सम्झौता भएको छ ।

बैंकका कर्मचारी, कार्ड होल्डरहरुलाई स्वस्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको हो । विहीबार सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठ चौराह अस्पताल प्रालिको तर्फबाट प्रबन्ध निर्देशक बिरु भण्डारी बिच सेवा उपलब्ध गराउने बारे ४ बुंदे सम्झौता गरिएको हो ।

सिटिजन बैकका कर्मचारीहरु तथा बैकको मोवाइल बैकिङ्क ,प्रीभिएलेज कार्ड, कार्ड होल्डरहरुलाई तथा सबै प्रकारका ग्राहकहरुलाई अस्पतालको विभिन्न सेवामा छुट दिने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको सिटिजन्स बैक कालीकानगरका शाखा प्रवन्धक किरण कुमार केसीले बताए ।

एक वर्षसम्म लागु हुने गरि अस्पतालको ल्याबमा १० प्रतिशत, आईसियु बेड चार्ज/एचडियु बेड चार्जमा ५ प्रतिशत, जनरल बेड जार्चमा १० प्रतिशत, युरो सर्जरीमा १० तथा अर्थो र जेनेरल सर्जरीमा ५/५ प्रतिशत, न्युरो सर्जरीमा ५, डेन्टलमा १० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत तथा सिटि स्क्यानमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

कार्यक्रममा सिटिजन्स बैक इन्टरनेशनल लुम्बिनी प्रदेश क्लस्टर प्रमुख सञ्जय पुन, कालीकानगर शाखाका सहायक शाखा प्रमुख सुरज क्षेत्री, डि आर ओ रवि काफ्ले ,अस्पतालका अर्थोपेडिक सर्जन डा.मदन ज्ञवाली, चौराह अस्पताल प्रालिका जनसम्पर्क तथा सुचना अधिकृत जनक कुंवर, लुम्बिनी प्रदेश क्लस्टर प्रमुख सञ्जय पुनले सेवाग्रही लाई प्रथामिकता दिने आगामी दिनहरुमा अझ साझेदारीका कार्यक्रमलाई जोड दिने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?