कोशी प्रदेशका मुख्‍यमन्त्री थापाले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा उनको पक्षमा ४७ मत, विपक्षमा  मत ३० परेको बैठकको अध्यक्षता गरेका (सभामुख) इस्नाइल मन्सुरीले बताए।

उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं हिँडेपछि अध्यक्ष मण्डलका सदस्य मन्सुरीले सभामुखको भूमिकामा बैठक संचालन गरेका थिए।

आजको बैठकमा कुल सांसदहरूको उपस्थित संख्या  ७७ रहेको पनि अध्यक्षता ग्रहण गरेका मन्सुरीले बताए। उनले पनि मतदान गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन्।

हाल कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना सांसद छन्।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अध्यक्षता ग्रहण गरेको व्‍यक्तिले पनि मतदान गरेकोमा विरोध गरेको छ। साथै उसले सदनदेखि आवश्यक सबै ठाउँमा प्रतिवाद गर्ने चेतावनी दिइसकेको छ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?