नेतृत्वमा रहेका युवाहरुले राम्रो काम नगरे युवाहरु प्रतिको जनताको विश्वास पनि हराउँछ : मन्त्री गुप्ता

कपिलवस्तु । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सीके) गुप्ताले नेतृत्वमा रहेका युवाहरुले राम्रो काम गर्न नसके युवाहरु प्रति जनताको विश्वास हराउँने बताएका छन् ।

जनताले ठुलो अपेक्षा र भरोसा गरेर युवाहरुलाई नेतृत्वमा पुराँएको बताउँदै मन्त्री गुप्ताले यो अवसरलाई सदुपयोग गरेर युवाहरुलेनै देश बनाउँन सक्छन् भन्ने सन्देश दिन पनि आग्रह गरेका छन् । प्रदेश युवा परिषद्ले आयोजना गरेको गाउँ÷नगर युवानिति तथा युवा परिषद् गठन कार्यविधि सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले युवाहरु देश बनाउने गहना भएको भन्दै युवाहरुले हरेक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले नेपालमा बढ्दै गएको बैदेशिक पलायनलाई रोक्न चुनौतिपुर्ण रहेको उल्लेख गर्दै त्यसलाई कम गर्न युवा परिषद् मार्फत विभिन्न अभियानहरु सञ्चालन गरी युवा उद्यमशिलताका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाउने बताए ।

यस्तै , प्रदेश पर्यटन परिषद् , लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले युवाहरुलाई पर्यटन उद्योग संग जोडेर युवा उद्यमशिलता विकासमा जोड दिनुपर्ने बताए । उनले लुम्बिनी प्रदेशमा पनि आधा जनसंख्या युवाहरुको भएको र पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेको हुँदा युवाहरुलाई पर्यटन संग जोडेर आर्थिक विकास र समृद्धिको यात्रामा अगाडी बढ्न सकिने बताए ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले युवाको विकासका लागिका सबै क्षेत्र र निकायहरुले हातेमालो गरेर काम गर्नुपर्ने बताए ।

प्रदेश युवा परिषद्का उपाध्यक्ष गोविन्द बहादुर खत्री क्षेत्रीले युवाहरुलाई डिजिटल उद्धमशिलता मार्पmत ब्राण्डिङ्ग र मार्केटिङ्ग गर्न सिकाई नेपालमै उत्पादित बस्तुलाई बजारिकरण गर्ने गरी काम सुरु गरिएको बताए । उनले सबै पालिकाहरुमा युवा परिषद् गठन गरि युवा सञ्जालको विस्तार गरेर युवा उद्यमशिलता विकासमा लाग्नु पर्ने बताए ।

गाउँ/नगर युवा निति तथा युवा परिषद् गठन कार्यविधि सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रम ६ जिल्लाका १२ पालिकाकाहरुको प्रतिनिधित्व रहेको छ । भने स्ट्रोम फाउण्डेसनका वरिष्ठ कार्यक्रम निर्देशक जीवन बस्नेत र किडाक नेपालको कार्यक्रम निर्देशक गौतम राज अधिकारीको उपस्थिती रहेको थियो । सोही अवसरमा स्थानिय पालिकामा युवा परिषद् गठन र सञ्चालन सम्बन्धमा छलफल भएको हो ।

कार्यक्रममा परिषद्का पाल्पा जिल्लाका अध्यक्ष धनु रायमाँझी र परिषद्का कार्यकारी सदस्य सरोज खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?