जंगली च्याउ खाँदा २ बालबालिकाको मृत्यु

बझाङ । जङ्गली च्याउ खाँदा बझाङमा थप एक बालकको मृत्यु भएको छ।

जङ्गली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतकी-७ वर्षीया छोरी सञ्जिला र उनका ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।

सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बुधबार बीच बाटोमै ज्यान गएको थियो । ​सुदीपको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे मृत्यु भएको  जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताए । सुदीपको शव अहिले बझाङ ल्याउँदै गरिएको र सञ्जिालको शव भने परिवारले दाहसंकार गरेको उनले बताए।

उनीहरूले बुधबार बिहान घरमाथिको लेकबाट ल्याएको बिषालु जंगली च्याउ खाएका थिए। आमा पुनी कठायतको अवस्था भने सामान्य रहेको छ। उनी अहिले घरमै उपचाररत रहेको पनि सिंहले बताए। बाबु विद्यालयका कर्मचारी भएको र उनी विद्यालय गएका बेला आमासहित छोराछोरीले च्याउको तरकारी बनाएर खाएका थिए।

पुनीकी जेठी छोरीले भने च्याउ नखाने भन्दै खान मानेकी थिइनन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?