७ रन अतिरिक्त पाएको भुटानले नेपाललाई दियो ४० रनको विजयी लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको विजयी लक्ष्य दिएको छ।

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपालले टस जितेर भुटानलाई ब्याटिङका लागि निम्तो दिएको थियो। भुटानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ३९ रनमात्र बनाउन सक्यो। भुटानका लागि कप्तान डेचेन वाङ्वोले २१ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। भुटानले ७ रन अतिरिक्त पाएको छ।

भुटानको ब्याटिङ ध्वस्त पार्न पुजा महतोले ३  विकेट लिइन्। ३ ओभर ब्याटिङ गरेकी पुजाले ६ रन दिएर ३ विकेट चट्काइन्। कविता कुँवर, रुविना क्षेत्री र खुशी डंगोलले एक एक विकेट लिए। ​

विकेट किपर ब्याटर रुबी पोदारले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी छन्। टिममा एक परिवर्तन हुदाँ विकेट किपर काजोल श्रेष्ठको स्थानमा सूदुरपश्चिमबाट घरेलु प्रतियोगिता खेल्दै आएकी रुबीलाई टिममा स्थान दिइएको हो।

नेपाल लगातार तेस्रो खेलमा जित हात पार्ने दाउमा छ। यसअघि नेपालले आयोजक मलेसिया र बहराइनलाई हराएको थियो। समूह ‘ए’ मा रहेको नेपाल पछिल्लो दुई खेलबाट चार अंक बनाउँदै दोस्रो स्थानमा छ। समान चार अंक बनाएको यूएई नेटरनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा छ।

दुई मध्ये एक खेलमा हार बेहोरेको भुटानको दुई अंक छ । उसलाई पनि जितको अनिवार्य आवश्यकता छ। यस्तै मलेसिया र बहराइन तथा कतार र यूएइबीचको खेल जारी छ। ​ आजै सवा ११ बजे सुरु हुने खेलमा चीनले थाइल्यान्डसँग खेल्दा कुवेतले हङकङको सामना गर्ने छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?