खोलाले बगाउँदा एकै परिवारका दाजु बहिनीको मृत्यु

रुकुम पश्चिम । रूकुम पश्चिममा खोलाले बगाउँदा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ।

चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया  छोरी भावनाको आइतबार अपराह्न  ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार उनीहरूलाई स्थानीय नाउलाखोलाले बगाएको हो। मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको उनले बताए।

बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइबहिनी बगेका हुन्। उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए। मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए। आइतबार दिउँसो हावाहुरीसँगै ठुलो वर्षा भएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?