एसिया कप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाण्डौ । एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । आज सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो ।

वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा  १ विकेट पनि नगुमाई लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतक बनाए । रोहितले ७४ र शुभमनले ६७ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ रनमा २ सय ३० रन बनाउँदा अल आउट भयो ।

नेपालका लागि नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे । यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए । कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए । दीपेन्द्रसिंह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए । यस्तै भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए ।

यो हारसँगै नेपाल १ अङ्क पनि नजोडी समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने यो जितसँगै ‘सुपर फोर’ मा पुगेको छ । समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै ‘सुपर फोर’ मा पुगिसकेको छ ।

समूह ‘बी’ बाट ‘सुपर फोर’ मा पुग्ने टोलीको टुङ्गो भोलि मङ्गलवार हुने श्रीलङ्का र अफगानिस्तानबीचको खेलबाट लाग्नेछ ।सुपर फोर का खेल पर्सि बुधवारदेखि हुनेछ । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?