श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

काठमाडौं । भारत एक खेल अगावै एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।​

मंगलबार राति  कोलम्बोको प्रेमदासा रंगशालामा भएको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा आयोजक श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो।

भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो। ​ श्रीलंकाका लागि दुनिथ वेलालागेले ४२, धनञ्जय डी सिल्भाले ४१, चरिथ असलंकाले २२, सदीरा समाराविक्रममा र कुशल मेन्डिसलेसमान १७–१७ रन बनाए

श्रीलंकालाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले ४, रविन्द्र जडेजा र जसप्रीत बुमराहले समान २–२ विकेट तथा मोहम्मद सिराज र हार्दिक पाण्ड्यले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४९ ओभर १ बलमा आलआउट हुँदै २ सय १३ रन बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले ५३, केएल राहुलले ३९, इशान किशनले ३३, अक्सर पटेलले २६ र सुभमन गिलले १९ रन बनाए। बलिङतर्फ श्रीलंकाका दुनिथ वेलालागेले ५, चरिथ असलंकाले ४ र महिस तिक्षणाले १ विकेट लिए।

प्रतियोगिताको सुपर फोरमा लगातार दोस्रो जित निकालेको भारतले ४ अंक जोडेको छ। समान खेलबाट २ अंक जोडेको श्रीलंका अंक तालिकाको दोस्रो स्थानमा छ।

प्रतियोगितामा भोलि श्रीलंका र पाकिस्तानको विजेताले भारतसँग फाइनल खेल्ने छ। यी दुईबीचको खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।  भारतले शुक्रबार बंगलदेशसँग खेल्नेछ। लगातार दुई खेलमा पराजित हुँदै बंगलादेश प्रतियोगिताबाट बाहिरी सकेकको छ।  फाइनल खेल आइतबार हुनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?