सेवा प्रवाह सम्बन्धी प्रहरी कार्यालय अर्घाखाँचीद्धारा नागरीक सुनुवाई कार्यक्रम

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा दुर्गाफाटमा नागरिक सुनुवाई सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची माताहतका चौकी तथा युनिटबाट प्रबाह गरिने सेवाको प्रभावकारीता, जनगुनासो एवं आम समुदायको सरोकारको बारेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले प्रहरी शान्ति सुरक्षाको प्रत्याभुती गराउने पहिलो निकाय भएको भन्दै गाउँपालिका भित्र शान्ती सुरक्षा तथा र सार्वजनिक सम्पत्तीको संरक्षामा अनवरत लाग्नुपर्नेमा जोड दिएका थिए । प्रमुख अथिति समेत रहेका न्यौपानेले नेपाल प्रहरीले ल्याएको समुदाय प्रहरी साझेदारी, प्रहरी मेरो साथी नारासँगै समुदायमा ल्याएका अभियानले समाजमा बिकृति बिसंगतीको अन्त्य गर्न सघाउ पुगेको भन्दै स्थानीय तहसँगको समन्वयलाई प्रकावकारी तबरले बढाउनुपर्ने बताए ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले पाणिनि गाउँपालिका दुर्गाफाटमा प्रहरी चौकी स्थापना गर्नका लागि १५ जनाको दरबन्दी स्वीकृत भैसकेको बताए । प्रहरी प्रमुख राठौरले प्रहरी चौकीबाट हुने सेवा प्रवाहमा कमजोरी भएमा तत्काल खबर गर्न अपिल समेत गरे। उनले चाड पर्व लगायतका समयमा हुने घट्नाहरु न्युनिकरणका लागि संवेदनशील क्षेत्रमा थप जनशक्तीको व्यवस्था गरिने समेत बताए ।

कार्यक्रममा पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, ८ वटै वडाका वडाध्यक्षहरु लगायतले वोल्दै नेपाल प्रहरी र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?