नमूना महिला विकास बचत तथा सहकारी संस्थाकाे छैठौं अधिवेशन सम्पन्न

बुटवल । नमूना महिला विकास बचत तथा सहकारी संस्था लिमिटेडले आफ्नो अठारौं वार्षिक साधारसभामा तथा छैठौं अधिवेशन सम्पन्न गरेको छ । संस्थाले आज नयाँगाउँ शाखामा अधिवेशन सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण नेपालले नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल पारिको मात्र नभएर रुपन्देही भरिकै एक उदाहरणीय सहकारी भएको बताए । उनले शेयर सदस्यहरुले बचत गर्नु मात्र ठुलो कुरा नभएर सहकरी कुन अवस्थामा चलिरहेको छ र यसले कस्ताकस्ता क्षेत्रमा लगानी गरिरहेको छ भनेर हरेक शेयर सदस्य तथा बचतकर्ताहरुले ख्याल गर्नुपर्ने बताए ।

संस्थाका कार्यवहाक अध्यक्ष जमुना उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का वडासदस्य लालबहादुर गुरुङले यो सहकारी महिलाहरुले मात्र सञ्चालन गरेको सहकारीमा नमूना सहकारीको रुपमा रहेको बताए ।

वडा नम्बर १२ का वडासदस्य गंगादत्त पौडेलले अहिले रुपन्देही भन्दा बाहिर दर्ता भएर आएका सहकारीहरूको बदमासीको मारमा यहाँ सञ्चालन भइरहेका सहकारीहरु परेकाले सहकारीमा शेयर सदस्य भएका व्यक्तिहरूले बाहिरी कुराको पछाडि नलागेर आफूले जम्मा गर्दै आइरहेको नियमित बचतलाई निरन्तरता दिनुपर्ने बताए ।

साधारणसभामा अध्यक्ष प्रतिवेदन पेश गर्दै कार्यवाहक अध्यक्ष जमुना उपाध्यायले शेयर सदस्यहरुलाई १५ प्रतिशत बोनस प्रदान गर्ने बताउनुभयो । आहिले सहकारीमा ४ हजार ५ सय ५ जना शेयर सदस्य १ हजार ५ सय ५२ जना बाल बचतकर्ता रहेका छन् ।

कार्यक्रम नयाँगाउँ शाखा संयोजक मिना घर्तीको स्वागत तथा व्यवस्थापक मञ्जु गोदारको सञ्चालनमा सम्पन्न भएको ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?