साउदीलाई ३०२ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाली टोली एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल बिहीबार खेलिएको खेलमा साउदी अरेबियालाई ३०२ रनको विशाल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३४८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको साउदी अरेबियाले भने १९।१ ओभरमा अलआउट हुनुअघि ४६ रनमात्र बनाउन सक्यो । मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले एक सय ४२ रनको योगदान गरे । उनी अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडी पनि बनेका छन् ।

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका अर्जुनले एक सय ११ बलको सामना गरी दुई छक्का र १७ वटा चौका हिर्काएका थिए । नेपालले पहिलो विकेट ७१ रनको कुल स्कोरमा गुमाएको थियो । ओपनर दीपक बोहरा २९ रन बनाउँदै आउट भएका थिए । त्यसपछि अर्जुन र आकाश त्रिपाठीले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई दुई सय ६० रनको बलियो स्थितिमा पुर्‍याएका थिए । आकाश केवल ११ रनका कारण सतक पुरा गर्नबाट चुके । उनले टोलीको खातामा ८९ रन थपे ।

पेभेलियन फर्किनुअघि आकाशले ९८ बलको सामना गरी दुई छक्का र ६ वटा चौका हिर्काएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान देब खनाल भने शून्य रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्ब्रे पनि १४ बलमा १४ रन बनाउँदै आउट भए । विशालबिक्रम केसीले अविजित २४ रन थपे । उनले १८ बलमा तीन चौका पनि हिर्काए । मिलन बोहराले पनि नौ रन बनाए । दीपेश कँडेलले १४ रन जोडे । उनले ११ बलमा एक छक्का पनि हिर्काएका थिए । नेपालले अतिरिक्त रुपमा २६ रन पाएको थियो ।

साउदी अरेबियाका बलर मुहम्मद अहमद राजाले दुई विकेट लिएका थिए । मुहम्मद चायुर अहमदले पनि दुई विकेट लिएका थिए । अब्दुल्लाह सिराज, जुहाइर मुहम्मद र साजिब मजिबर रहमानले पनि एक—एक विकेट हात पारे । ठूलो विजयलक्ष्य पछ्याएको साउदीका एक ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । साउदीका लागि वरुण मुदालियरले सर्वाधिक ११ रन बनाए । अब्दुल्लाह सिराजले नौ रन बनाए । ओपनर रायन खान तीन र मोहम्मद अक्विल शून्य रनमै पेभेलियन फर्किएका थिए ।

नेपाली टोलीका बलर दीपेश कँडेल एक्लैले ६ विकेट लिए । उनले ९।१ ओभर बलिङ गर्दै केवल १८ रन खर्चिएका थिए । आकाश चन्दले पनि दुई विकेट हात पारे । उनले तीन ओभरमा १४ रन खर्चिए । सुवाष भण्डारीले एक विकेट लिए । जारी प्रतियोगितामा यो नेपालको तेस्रो जित हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । तालिकाको पहिलो स्थानमा रहेको नेपालले आफ्नो तीनवटै खेलमा जित हात पार्दै ६ अंक बटुल्यो । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपमा छनोट हुनेछन् ।

छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यु—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?