मालिकादेवी मन्दिरमा कार्तिक ११ गते पूर्णिमा मेला तथा सराय नाच हुने

अविजित पन्थी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नंम्बर सात गुराँसधारामा रहेको प्रसिद्ध मालिकादेवि मन्दिरमा कार्तिक ११ गते पूर्णिमा मेला तथा सराय नाच हुने भएको छ ।

दशैको अन्तिम दिन पूर्णिमाको दिन लाग्ने  पुर्णिमा मेलामा हजारौं भक्तजनहरुले पूजा आराधना गर्ने गर्दछन्। हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन लाग्ने मेला तथा सराय नाच तथा मन्दिरमा भक्कल गरेका भक्तजनहरुले पूजा गर्ने गर्दछन्।

यस पूर्णिमा मेलाको लागि आज अष्टमीको दिन आलम निकाली आज देखि विधिवत रूपमा पूर्णिमाको तयारीमा लागेको त्यहाँका स्थानीय समाजसेवी तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नेत्र कुँवरले बताए। पूर्णिमाको दिन हुने सम्पुर्ण पूजाको तयारी सराय नाच तथा भक्तजनहरुलाई त्यस दिन पूर्णिमाको राति चन्द्र ग्रहण र सुतक लाग्ने भएकाले सम्पूर्ण कार्य बेलुका ४ बजेसम्म सम्पन्न गर्नुपर्ने त्यसमन्दिरका पुजारी तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलकराम आचार्यले जानकारी दिए।

मेलामा हुने हरेक गतिविधिको लागि बजार ब्यवस्थापन सुरक्षा र पूजाको लागि आयोजकले तयारी तिब्र बनाएको मन्दिर निर्माण समितिका अध्यक्ष बाबुराम सुनारले जानकारि दिए ।

धार्मिक तथा पर्यटकीय दृष्टकोणले अत्यन्तै उपयोगी र सुन्दर स्थान रहेकाले त्यस पुर्णिमा मेलामा पाणिनी गाउँपालिका तथा सन्धिखर्क नगरपालिकाका भक्तजनहरुको ठूलो उपस्थिति हुने गर्दछ त्यस मन्दीरमा छिमेकी जिल्ला रूपन्देही र कपिलवस्तुबाट पनि मानिसहरू मेला हेर्न आउने गर्छन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?