न्यूजिल्यान्डलाई पराजित गर्दै दक्षिण अफ्रिका शीर्षमा उक्लियो

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा न्यूजिल्यान्डले दक्षिण अफ्रिकासँग १९० रनको फराकिलो हार व्यहोरेको छ।

दक्षिण अफ्रिकाले दिएको ३५८ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड ३५ दशमलव ३ ओभरमा १६७ रन बनाएर अलआउट भयो।​ पुनेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनायो। जसका लागि क्विन्टन डी कक र रस्सी भान डेर डुसेनले शतक प्रहार गरे।

कप्तान टेम्बा बभुमा पहिलो विकेटका रुपमा २४ रनमा आउट भएका थिए। दोस्रो विकेटका लागि किबी बलरले लामो समय कुर्नुपर्यो।  डी कक र डेर डुसेनले दोस्रो विकेटका लागि दुई सय रनको साझेदारी गरे। ग्लेन फिलिप्सले यो साझेदारी तोड्दा डी ककले ११४ रन जोडेका थिए। जारी विश्वकपमा उच्च र्फममा रहेका डी ककको यो चौथो शतक हो। ​

डुसेनले १ सय १८ बलमा १३३ रनको योगदान गरे। उनले यो विश्वकपमा दोस्रो पटक शतक बनाएका हुन्। उनलाई टिम साउदीले बोल्ड गरेका थिए। डेबिड मिल्लरले आक्रमक ब्याटिङ गर्दै ३० बलमा ५३ रन जोडे। साउदीले दुई, टेन्ट बोल्ट र जेम्स निसमले एक(एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन जोडे। डार्यल मिचेल २४ र विल योङले ३३ रन जोडे। अन्य खेलाडी भने दक्षिण अफ्रिकी बलर सामु टिक्न सकेनन्।

दक्षिण अफ्रिकाका लागि केसव महाराजले सर्वाधिक चार विकेट लिए। मार्को जोनसेनले तीन, जेराल्ड कोट्जेले दुई र कागिदो रबाडाले एक विकट लिए।

जीतपछि सात खेलमा दक्षिण अफ्रिकाले १२ अंक जोडेको छ। र, तालिकाको शीर्ष स्थानमा छ। समान अंक रहेको भारत दोस्रो स्थानमा झरेको छ। पराजित न्यूजिल्याण्ड आठ अंकका साथ तेस्रो स्थानमा कायम छ।

प्रतियोगिता अन्तरगत आयोजक भारतले आज श्रीलंकासँग खेल्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?