नेपाल ओमानसंग पराजित

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ। ओमानसँग नेपाल ५ रनले पराजित भएको हो।

ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई जित तर्फ लगे पनि सम्भव हुन सकेन।

उनले २४ बलमा ५ छक्का हानेका थिए।तर, ओमानका बलरले सुरुवात देखिनै दबाबमा राख्न सफल भए।

अन्तिम बलमा १५ रन बनाएर खेलिरहेका करण केसी क्याच आउट भए। अविनाश बोहराले १ रन बनाए।  नेपालका लागि सन्दीप लामिछाने २ रन, सन्दीप जोरा १२ रन, गुलशन झा ३ रन, कुशल मल्ल १० रन, कप्तान रोहित पौडेल १२ रन, सोमपाल कामी १२ रन, कुशल भुर्तेल २६ रन र आशिफ शेख ५ रन बनाएर आउट भए।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए।

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए।  अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?