विश्वकप खेल्न आज यूएईलाई हराउनै पर्ने बाध्यतामा नेपाल

काठमाडौं । विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ।

खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ।

आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको सबैभन्दा महत्वपूर्ण खेलअघि नेपाल बिहिबार ओमानसँग पराजित भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानलाई हराउँदै सेमिफाइनलमा सहज प्रतिद्वन्द्वी पाउने अपेक्षामा थियो। तर १ सय ४६ रनको सामान्य लक्ष्य पनि भेट्न नसक्दा नेपाल पराजित भयो।

 त्रिवि क्रिकेट मैदानमा ठूलो लक्ष्य पनि सहजै पछ्याउँदै आएको नेपाल बिहीबार ओमनसँग भने कमजोर सावित भयो। मोन्टी देशाईले टिम सम्हालेयता नेपालले घरेलु मैदानमा दोस्रो हार व्यहोरेको हो।

समूह चरणको अन्तिम खेलमा ओमानले भने नेपाललाई खेलभर दबाबमा राख्यो। बलिङमा राम्रो प्रदर्शन गर्दै मध्यम लक्ष्यमै ओमनलाई रोके पनि जवाफमा नेपाली ओपनर चल्न सकेनन्। सोमपाल कामी तेस्रो नम्बरमा मैदान पसे।  एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका उनी असफल प्रयोग सावित भए।  आज नेपाल यूएईलाई हराएर नेपाल विश्वकपमा स्थान सुरक्षित गर्न चाहन्छ।

पछिल्लो समय नेपालले निकै महत्वपूर्ण खेलहरुमा यूएईलाई विपक्षीको रुपमा पाएको छ। यूएईसँग नै नेपालले लिग २ को अन्तिम खेल र प्रिमियर कपको फाइनल पनि खेलेको थियो।  ती दुवै खेलमा नेपाल विजयी भएको छ। तर एक हप्ताअघि मात्र त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईसँग पराजित नेपाल अब चिरपरिचित प्रतिद्वन्दीलाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ।

नेपालको ओपनिङ जोडीले डेढ वर्षपछि ५० रनभन्दा धेरै साझेदारी गरेको थियो। आज को खेलमा पनि ओपनिङ पार्टनसिपको धेरै आवश्यकता छ। ​ त्यसैगरी मिडल ओभरबाट खेललाई अन्तिमसम्म लैजान कुशल मल्ल, रोहित पौडेललाई दबाब हुनेछ। ​

काठमाडौंमा आजको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ। तर मुलपानी मैदानको दर्शक क्षमता भने धेरै छैन।

यसकारण नेपाल क्रिकेट संघले दर्शकलाई नियन्त्रण गर्नका लागि घरै बसेर खेल हेर्न अनुरोध गरेको छ।  क्यानले तीन हजार पाँच सय मात्र टिकट बिक्री गर्ने जानकारी दिएको छ।

आजै हुने अर्को खेलमा ओमान र बहराइन आमने सामने हुनेछन् । फाइनलमा पुग्ने दुई टोलीले विश्वकप खेल्न पाउनेछन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?