तेलुगु नायिकाको घोषणा: “भारतले विश्वकप जिते समुद्री तटमा निर्वस्त्र दौडिनेछु”

काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेट उत्कर्षमा छ । आइतबार विश्वकपको उपाधिका लागि घरेलु टीम भारत र अष्ट्रेलिया भिड्दैछन् ।

भारतीयहरु अवश्य पनि घरेलु मैदानमा आफ्नो देशले विश्वकप उचालेको हेर्न आतुर छन् । यो आतुरता उनीहरुले आआफ्नै तरिकाले पोखिरहेका छन् । अहिले सामाजिक सञ्जालमा चाहिँ तेलुगु नायिका रेखा बोजको एउटा घोषणा चर्चामा छ ।

रेखाले इन्टाग्राममार्फत एउटा ठूलो घोषणा गरेकी छन् । उनले लेखेकी छन्, ‘यदि भारतले विश्वकप जित्यो भने म भिसाखापट्नम ‘वीच’ मा निर्वस्त्र भएर दौडिनेछु ।’

उनको यो ट्विटमा प्रतिक्रियाको बाढी लागेको छ । अधिकांशले भने रेखाको आलोचना गरेका छन् । भाइरल हुन उनले यस्तो स्टन्ट गर्न खोजेको आरोप धेरैको छ ।

सन् २०११ को विश्वकपमा पनि चर्चित मोडल पुनम पाण्डेले यस्तै घोषणा गरेकी थिइन् । घरेलु मैदानमा हुने विश्वकप भारतले जितेमा आफू नांगो भएर टीमका खेलाडीहरुलाई भेट्न जाने उनको उद्घोष थियो । भारतले विश्वकप जित्यो पनि । तर, पुनमले आफ्नो वाचा पूरा गर्न सकिनन् । समाचारहरुमा आएअनुसार उनी नांगै खेलाडीहरुलाई भेट्ने तयारीमा पनि थिइन् । तर, क्रिकेट बोर्डले त्यसका लागि अनुमति नदिएपछि उनी निराश भइन् ।

अहिले रेखाले पनि आफ्नो वाचा पूरा गर्न सक्लिन् त भन्ने प्रश्न उठेको छ । कतिले चाहिँ उनले फन्डामात्रै गर्न खोजेकोले नांगिने सम्भावना नरहेको बताइरहेका छन् । उनले आफ्नो बोली पूरा गर्छिन् कि गर्दिनन् भन्ने चाहिँ आइतबारको फाइनलपछि मात्रै थाहा हुनेछ ।

पश्चिमी देशहरुमा कुनै ठूलो जीतको उत्सव मनाउँदा युवतीहरु नांगै दौडिने प्रचलन रहेको छ, जसलाई ‘स्ट्रिक’ भन्ने गरिन्छ । भारतमा भने यो निकै चुनौतीपूर्ण कार्य हो ।

रेखा बोज तेलुगु फिल्ममा आफ्नो बोल्डनेसका लागि चर्चित छिन् । उनले मंगलयम, कलाय तस्मै नमः जस्ता फिल्महरुमा अभिनय गरेकी छन् । उनी सामाजिक सञ्जालमा आफ्ना हट फोटोहरु शेयर गर्ने गर्छिन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?