विप्लवको पक्राउ पुर्जी खारेजीको माग गर्दै प्यूठानमा मशाल जुलुस

प्युठान । नेकपाका महासचिव नेत्रविक्रम चन्द “विप्लव”सी को पक्राउ पुर्जी खारेजीको माग गर्दै नेकपा प्यूठानले मंगलबार साँझ मशाल जुलुस गरेको छ।

नेकपाको केन्द्रिय कार्यक्रम अन्तर्गत प्यूठानको जुम्री बजारमा मशाल जुलुस गरिएको नेकपा प्यूठानका जिल्ला सेक्रेटरी परिवर्तन सी ले बताएका छन् । पक्राउ पुर्जी खारेजी, सरकारसँगको ३ बुदे सहमतिको कार्यान्वयन र बन्दी साथीहरुलाई रिहाई गर्ने मागसहित जुलुस गरिएको हो । नेकपा प्यूठानका ३० जना बढी नेता, युवा र कार्यकर्ताको उपस्थितिमा जुलुस गरिएको सेक्रेटरी सी ले बताए । साथै बुधबार पुत्ला दहन, बिहिवार जनप्रदर्सन गर्ने कार्यक्रम रहेको युवा संघका अध्यक्ष मुक्ती पोख्रेलले जनाएका छन ।

नेकपाका महासचिव विप्लव सी सहित ४ नेता विरुद्ध सोमबार जिल्ला अदालत काठमाण्डौले २०७६ सालको असोज ९ गते दायर भएको मुद्दामा उनिहरुमाथी संघीय ईकाईहरुबिच तथा विभिन्न जातजाति वा सम्प्रदाय हरुबिचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको छ ।

सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा विप्लवसहित पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड०, माइला लामा र अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला अदालत काठमाण्डौले गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?