गुल्मी निर्माण व्यवसायी संघका महासचिव श्रेष्ठ सम्मानित

गुल्मी । श्रेष्ठ कन्ट्रक्सनका प्रोपाइटर तथा गुल्मी निर्माण व्यवसायी संघका महासचिव हरिकुमार श्रेष्ठ सम्मानित भएका छन् । 

उनलाई समयमै गुणस्तरीय भवन निर्माण गरेको भन्दै जिल्लाको मुसीकोट नगरपालिकाले पूर्वप्रधानमन्त्री केपी शर्मा आलीद्वारा सम्मानित गरेको हो । श्रेष्ठलाई समयमै उत्कृष्ट भवन निर्माण गरेको भन्दै मुसीकोट नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहको अवसरमा पूर्वप्रधानमन्त्री ओलीले सम्मानपत्र सहित सम्मान गरेका हुन् । 

गुणस्तरीय निर्माण कार्य गरी निर्माण क्षेत्र तथा सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाउनुभएका सफल युवा निर्माण व्यवसायी श्रेष्ठ यस अगाडि पनि जिल्लाका विभिन्न स्वास्थ्य चौकीको अत्याधुनिक भवनहरू समयमै निर्माण कार्य सम्पन्न गरेको भन्दै सम्मानित भएका थिए ।  उनी जिल्लामा सबैभन्दा बढी कर बुझाउने व्यवसायी समेत हुन् । श्रेष्ठलाई करदाता सेवा कार्यालय गुल्मीले पनि यो वर्ष उत्कृष्ट करदाताको रुपमा घोषण गरेको छ ।  

पूर्व प्रधानमन्त्री ओलीद्वारा सम्मान ग्रहण गर्दै श्रेष्ठले आफूलाई निर्माण कार्यमा थप उर्जा प्राप्त भएका बताए । नगरपालिकाको लिफ्टसहितको अत्याधुनिक प्रशासकीय भवन निर्माण सम्पन्न गरिएको छ । अहिले १८ रोपनी १४ आना क्षेत्रफलमा चारतले भवन बनेको हो । जसमा दुईवटा मिटिङ हल, एउटा सेमिनार हल, ३९ कोठा, ठूलो पार्किङ क्षेत्रसहितको प्रमुख प्रशासकीय भवन निर्माण गरिएको मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए । 

भवन निर्माणका लागि १५ करोड ३० लाख ६५ हजार आठ सय पाँच रुपैयाँ लागत अनुमान गरिएको थियो । जसमा आठ करोड ४८ लाख ११ हजार चार सय २० रुपैयाँमा २० पुस ०७७ मा श्रेष्ठ महादेव खिम्ती जेभिले निर्माणको सम्झौता गरेको थियो निर्माण व्यवसायी श्रेष्ठसँगै  जग्गादाताहरूलाई पनि सम्मान गरिएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?