सर्वोच्चका ६ न्यायाधीशको शपथग्रहण आज

काठमाडौं । सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको आज शपथग्रहण हुँदैछ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका सर्वोच्चका ६ जना न्यायाधीशले आज शपथ ग्रहण गर्नेछन्। उनीहरुलाई दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिइन्।

संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै  राष्ट्रपति रामचन्द्र पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका थिए।  योसँगै सर्वोच्चमा २० जना न्यायाधीश हुनेछन्। २१ न्यायाधीश हुने सर्वोच्चमा अझै एक पद खाली हुनेछ।

न्यायपरिषद्ले मंसिर ६ गते उनीहरुको नाम सिफारिस गरेको थियो। राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराएपछि नियुक्त भएका न्यायाधीशले जिम्मेवारी सम्हाल्नेछन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?