बजेटको संरचनाका कारण दूध उत्पादनमा दिएको अनुदान घटाउनुपर्‍यो : अध्यक्ष न्यौपाने

अर्घाखाँची । पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले कृषकहरूलाई दूध उत्पादनका आधारमा दिँदै आएको अनुदान बजेट अभावका कारण घटाउनु परेको बताएकाछन् ।

पाणिनी दुग्ध सहकारी संस्था लिमिटेडको विशेष साधारणसभा तथा दुर्गाफाँट डेरीको दोश्रो वार्षिक उत्सवलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले यस्तो बताएका हुन् । अध्यक्ष न्यौपानेले किसानहरूले पाउँदै आएको अनुदान घट्दा किसान चिन्तित भएको भन्दै अनुदान घटाउनुपर्दा आफूहरुलाई पनि दुख लागेको बताए । उनले संघीय तथा प्रदेश सरकारबाट प्राप्त बजेट नै कम भएको कारण सबैक्षेत्र समेट्नका लागि तथा दूधउत्पादन बढ्दै जादा बजेटकाे अाकार घट्दै गएकाे कारण पनि अनुदान घटाउनु पर्ने बाध्यतामा आफूहरू परेको आशय व्यक्त गरेका थिए । उनले कृषकहरू अब अनुदानकाे भरमा मात्र पर्न नहुने समेत बताए ।

अध्यक्ष न्यौपानेले उक्त सहकारीले विगत लामो समय देखि कृषकको पक्षमा काम गर्दै आफूलाई स्थापित गरेको भन्दै सहकारीलाई उद्योगमा रूपान्तरण गर्नुपर्ने मा जोड दिए । त्यसका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनले बताए ।

मन्व्य राख्दै वडा नं. २ का अध्यक्ष चन्द्रकान्त पाैडेलले दुर्गाफाँट दूध उत्पादनका हिसावले सम्भावना बाेकेकाे स्थान भएकाे भन्दै यसमा लागि पर्न समेत अनुराेध गरेका थिए ।

संस्थाका अध्यक्ष बाबुराम घिमिरे (भुवन) को अध्यक्षता तथा कोषाध्यक्ष हरि प्रसाद पोख्रेलको स्वागत मन्तव्य, सल्लाहकार रोमकान्त बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष घिमिरेले संस्थाको सांगठनिक तथा वार्षिक प्रगति प्रतिवेदनसंस्थाका सदस्य कृष्ण प्रसाद बेल्बासेले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा उत्कृष्ट कृषकलाई नगद र  मायाकाे चिनाे स्वरूप न्यानो कपडा सहित सम्मान गरिएको थियो । कार्यक्रममा गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा न २ का अध्यक्ष चन्द्रकान्त पौडेल, रास्वपाका जिल्ला संयोजक हरि प्रसाद भुसाल, संस्थाका शेयर सदस्य, सञ्चारकर्मी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
घनश्याम भट्टराई
लेखकको बारेमा

घनश्याम भट्टराई

भट्टराई समाचारपोष्ट डटकमका मल्टिमिडिया प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?