माइतीघरको निषेधित क्षेत्रबाट डा.गोविन्द केसीसहित ७ जना पक्राउ

काठमाडौं । प्राडा गोविन्द केसीसहित ७ जनालाई माइतीघरबाट प्रहरीले पक्राउ गरेको छ। निषेधाज्ञा तोड्ने प्रयास गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन,नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने  लगायतका  माग राख्दै माइतीघरमा धर्ना दिन पुगेका उनीहरूलाई प्रहरीले प्रकाउ गरेको डा केसीका सहयोगी प्रितम सुवेदीले बताए।

शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन एने, २०२८ को दफा ६ को उपदफा (३क) माइतीघर, नयाँ बानेश्वर क्षेत्रमा यही मङ्सिर ४ गतेदेखि निषेधाज्ञा तोकेको छ।

सुरुमा ३० दिनसम्मका लागि तोकिएको निषेधाज्ञा लगातार बढाइएको छ। निषेधाज्ञामा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइनेछैन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?