विराटनगर । कोशी प्रदेशमा सभामुखको टुंगो लगाउन यतिबेला दलहरु बठैक बसिरहेका छन्।
कोशी प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेस संसदीय दलको र प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी एमालेको बैठक जारी छ। भने राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ।
राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको छ। बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापासहित पदाधिकारसमेत सहभागी थिए।
सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ। नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए।
एमालेले पनि सभामुखको विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन्। आज बस्ने संसदको बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक पनि बसिरहेको छ।













