लुम्बिनी प्रदेश समन्वय परिषद् कतारकाे स्थापना दिवस : शुक्रबार रक्तदान कार्यक्रम गर्ने

दोहा, कतार । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ l 

संस्थाको छैटौँ स्थापना दिवसको अवसर पारेर नेपाली रक्तदाता संघ, कतारको समन्वयमा यही शुक्रबार हमाद अस्पतालमा “बृहत् रक्तदान कार्यक्रम” आयोजना गर्न लागेको हो l “रक्तदान जीवनदान, जीवनदान महादान“ भन्ने मूल मन्त्रलाई अङ्गीकार गर्दै रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको परिषद्का कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईले बताए l 

उनले शुक्रबार बिहान ८ बजेबाट मध्याह्न १ बजेसम्म चल्ने कार्यक्रममा उपस्थित हुन कतारमा स्थापित नेपाली संघ-संस्थाका प्रमुख, सामाजिक अभियन्ता लगायत कतारवासी सम्पुर्ण नेपालीहरूलाई अनुरोध गरेका छन् l 

रक्तदाताले रक्तदान गर्दा ध्यान दिनुपर्ने कुराहरू : 

१) रक्तदाता रक्तदान गर्न आउँदा आफ्नो कतारी आइडी वा लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य हुनुपर्ने l
२) रक्तदाता कतार प्रवेश गरेको ६ महिना पूरा भएको हुनुपर्नेछ l
३) रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६०दिन) पूरा भएको हुनुपर्नेछ l
४) रक्तदाता कम्तीमा ७ घण्टा सुतेको, एन्टिबायोटिक औषधि सेवन नगरेको, पछिल्लो २४ घण्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ l
५) रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तीमा ५० केजी हुनुपर्नेछ l
६) रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थ्यकर्मीबाट निर्धारण गरेबमोजिम हुनेछ l

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?