कोरोनाको जोखिम कायमै

विगत केहिवर्ष पहिलेदेखि विश्व मानव समुदाय कोरोनाका कारण समस्याग्रस्त बनिरहेको छ । चिनबाट सुरु भएको कोरोना भाइरसले विश्वमै कहालिलाग्दो वातावरणको सिर्जना गर्‍यो । यो मानव जगतका लागि निकै कठिन र दुसाध्य बन्यो।

पछिल्ला दिनहरूमा पनि नेपालको छिमेकी देश भारतमा दिनप्रतिदिन कोरोना संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गइरहेका समाचारहरु देख्न र सुन्न थालिएको छ। नयाँ नयाँ भेरियण्टका रुपमा देखापरेको कोरोनाले फेरि पनि त्यस्तै उग्र रुप नलेला भन्न सकिदैन । अव्यवस्थित खानपान, स्वास्थ्यका विषयमा सचेत नरहनु, अनुशासन विपरितरहनसहन र पश्चिमी शैलीको अनुकरणजस्ता सन्दर्भहरु कोरोना निम्त्याउने प्रमुख कारणहरु हुन् । सुरुका केही समय अत्यन्तै चनाखो बनेका हामीहरु क्रमशः लापरबाही गर्न थालेका हौं कि जस्तो देखिन थालेको छ। माक्सको प्रयोगमा कमि, भिडभाडमा जथाभावी जानु, खानपानको विषयमा पनि अटेरी गर्नेजस्ता कुराहरु बढ्न थालेका छन् । जसले कोरोनाको जोखिमलाई निमन्त्रणा गरेको ठहर्छ।

भारतमा बढ्ने कोरोना नेपालमा छिट्टै आउनसक्ने सम्भावना बढी हुने भएकाले त्यसतर्फ ध्यान पुर्‍याउनु अत्यन्तै आवश्यक देखिन्छ । दिनहुँजसो भारतबाट सिमानाका हुँदै नेपाल भित्रिने नेपालीहरुको कमि देखिदैनस यसरी नेपाल आउँदा उनीहरूले अपनाउनु पर्ने सावधानी अपनाउन अटेर गरेमा पक्कै पनि हामीहरूको अवस्था सोचेभन्दा ज्यादा जोखिम बन्न सक्छ । यसको जिम्मेवार नेपाल सरकार त हो नै त्यसबाहेक पनि हामी नागरिकहरू सचेत र चनाखो हुनु जरुरी देखिन्छ । अहिले देखापरेको कोरोना भाइरसले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकहरुलाइ बढी सताउने तथा पछिल्लो समय देखापरेको कोरोना भाइरस ओमिक्रोन भन्दा बढी खतरापूर्ण रहेको विश्व स्वास्थ्य सङ्गठनले पनि बताइरहेको छ। यस विषयलाई नजरअन्दाज गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने विषयमा हेलचेक्र्याँइ गर्न खोजियो भने यसले भयानक रुप लिन बेर गर्नेछैन ।

घरबाहिर जाँदा मास्क लगाउने, सार्वजनिक स्थानमा भएको बेला सामाजिक दूरी कायम गर्ने, नियमित रुपमा हात धुने र सरसफाइमा ध्यान दिने कुरामा विशेष ख्याल गर्न सकियो भने यसप्रकारका भाइरस हरुबाट बच्न सकिन्छ । त्यस्तै कोरोनासग मिल्दोजुल्दो लक्षण देखिएमा अविलम्ब चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।

राज्यले कोरोना विरुद्धको खोप अभियानलाई सशक्त बनाउने, यदि महामारीको रुप लिने अवस्था आएमा त्यसको निराकरणका लागि स्वास्थ्य सस्थाहरुलाइ तयारी अवस्थामा राख्ने, जनचेतनामूलक कार्यक्रमहरुलाइ निरन्तरता दिनेजस्ता कुरामा पनि विशेष ध्यान पुर्‍याउनु आवश्यक देखिन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?