चिनियाँ तिर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आतुर छौँ : डा.ल्यारक्याल लामा

रुपन्देही/ लुम्बिनी।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गका बिचमा लुम्बिनी क्षेत्रको विकासका विषयमा व्यापक छलफल भएको छ ।

चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने, लुम्बिनीको विकास र संरक्षणका लागि दुई देशले गर्नुपर्ने सहकार्यका विषयमा गम्भीर छलफल भएको डा. लामाले बताए । यसैबीच चिनियाँ नयाँ वर्षको अवसर पारी विहीबार नै चिनियाँ विहारमा प्रसाद वितरण कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै उपाध्यक्ष डा। लामाले हजारौं चिनियाँ तिर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आतुर रहेको बताए ।

राजदूत सोङ्गले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि लामाले पूर्णता दिने तयारीमा जुटेको बताएका थिए । लुम्बिनीको गुरूयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरूयोजना बनाउने योजनामा रहेको समेत उपाध्यक्ष डा. लामाले बताए । उनले राजदूत सोङ्ग, लुम्बिनी विकास कोषका उपाध्यक्षको उपस्थितिमा चिनियाँ भिक्षुभिक्षुणी र लुम्बिनीका स्थानीयको सहभागितामा प्रसाद बाँड्न पाउनु आफ्नो लागि अविस्मरणीय बनेको बताए ।

उपाध्यक्ष सुङ चिनियाँ नयाँ वर्षको सन्दर्भ पारेर भिक्षुभिक्षुणी र तीर्थयात्रीहरुको टोली लिएर लुम्बिनी आएका हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?