पाणिनि गाउँपालिकाको नयाँ भवन र जग्गा विवाद

पाणिनि गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भई हाल सोही भवनबाट कार्य सम्पादन भईरहेको छ । भवन निर्माणका लागि दाताहरूबाट निशुल्क जग्गा लिइयो र उक्त जग्गामा भवन निर्माणको लागि नक्सांकन गरी निर्माण सुरु गरियो । भवन निर्माण सम्पन्न भइसके पश्चात गाउँपालिकाको भवनको केही भाग गाउँपालिकाको जग्गामा नभई अर्कैको जग्गा रहेको कुरा सतहमा आएको छ ।

भवन निर्माण लागि पर्याप्त जग्गा हुँदाहुँदै पनि अर्काको जग्गामा भवनका केही भाग निर्माण गरिनुले नियत माथि प्रश्न उठेको छ । नक्सा निर्माण गरी निर्माण कार्य सुरु गरिएको भवनको केही भाग अर्कैको जग्गामा कसरी पर्छ ? निर्माण कार्य शुभारम्भ हुँदै गर्दा किन जग राख्न दिइयो ? यसको जवाफ सम्बन्धित इन्जिनियरले दिनुपर्देन ?

विवादपछि गाउँपालिकालाई उक्त जग्गा खरिद गर्न लगाइदैछ । जसको लागि पालिकाको २१ लाख बजेट छुट्याइएको सुन्नमा आएको छ । इन्जिनियरले गरेको लापर्बाहीका कारण जनताको राजस्वबाट संकलित बजेट स्वाहा पर्ने काम हुँदैछ । जग्गाधनीसँग मिलेर इन्जिनियरले यसो गरेको हुन सक्ने शंका पनि गरिएको छ । कतै पैसा खाने षड्यन्त्र त होइन जनताले किन शंका नगर्ने ?

दाताबाट प्राप्त करिव ८ रोपनी जग्गा भवन निर्माणका लागि पर्याप्त हुँदाहुँदै पनि अनुमति र सम्झाैता बिपरित अर्कैको जग्गामा निर्माण गरिनु, निर्माण सम्पन्न हुँदासम्म पनि इन्जिनियर तथा प्राविधिक शाखाले वास्ता नगर्नु, निर्माण सम्पन्न भए पश्चात यि कुरा सतहमा आउनु जनताले शंका गर्ने बलिया कारण हुन् । यसमा लाखौँ रकम हिनामिना पार्ने उद्देश्य लुकेको पो हो की ? किन इन्जिनियर शाखाले भवन निर्माणको क्रममा पिलर उठाउँदा आफ्नो जग्गामा उठाएन कतै जग्गा धनसँग मिलेर भवनको नक्सांकन भएको त होइन ?

एउटा इन्जिनियरले वा इन्जिनियर शाखाले गरेको गल्तिका कारण भएको गलत निर्माणको आर्थिक भार पुरा पालिका बासीलाई किन ? जनतालाई गुम्राहामा पारेर बजेटको दुरुपयोग गरिदै छ । यदि पर्याप्त जग्गा हुँदाहुँदै अर्काको जग्गामा परेको हो भने पाणिनि प्राविधिक शाखाले यसको जिम्मेवारी लिनु पर्छ पालिकाको बजेटले किन्न पाइदैन । मनलाग्दी गर्न पाइदैन । पालिका तथा सम्बन्धित पक्ष समयमै साेचोस् र जिम्मेवार बनोस् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?