आजको मौसम : तराईमा हुस्सु र कुहिरो, उच्च भूभागमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना छ।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले आज पनि दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ। विगत केही दिनदेखि शीतलहरसँगै हुस्सु र कुहिरो लाग्दा तराई मधेशको जनजीवन कष्टकर बनेको छ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन। तर, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार पनि देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहेन र बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने अनुमान महाशाखाको छ। बधुबार पनि देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?