नेपाल भारतको सुमधुर सम्बन्धको सेतुका रुपमा अयोध्या र जनकपुर

छिमेकी मुलुक भएका नाताले मात्रै नभइ धार्मिक सांस्कृतिक तथा राजनैतिक सम्बन्धका कारण पनि नेपाल र भारतको सम्बन्ध परापूर्वकालदेखि नै नजिक रहेको छ । गत सोमबार भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राणप्रतिष्ठा गरिएको विषयले भारतमा मात्रै नभइ नेपालमा पनि व्यापकता पाएको छ।

अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठालाई लिएर मधेश प्रदेशको राजधानी भगवान् रामको ससुराली मानिने नेपालको जनकपुरधाम सहित मधेशका अधिकांश मठमन्दिरहरु रङरोगन गरेर चिटिक्क बनाइएको थियो भने जताततै राम र हनुमान अंकित झन्डाहरु झुन्ड्याइएका थिए, राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जानकी मन्दिरका तर्फबाट चाँदीका धनुष वाण लगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूल सहित एक हजारभन्दा बढी भार अयोध्या पठाइएका थिए; जसबाट नेपाल र भारतका बिचमा परापूर्वकालदेखि रहेको सांस्कृतिक सम्बन्धलाई सङ्केत गरेको छ। त्यतिमात्र होइन हिन्दु र वौद्धावलम्बीहरुका मुख्य- मुख्य तीर्थस्थलहरु पनि विशेषगरी नेपाल र भारतका विभिन्न स्थानहरुमा हुनुले पनि यी दुई देशका बीचमा धार्मिक सम्बन्ध प्रगाढ रहेको पुष्टि हुन्छ ।

राम मन्दिरको प्राणप्रतिष्ठाका दिन जनकपुरमा एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती समेत गरिएको थियो भने नेपालका विभिन्न स्थानहरुमा अयोध्याको कार्यक्रमका अवसरमा दीप प्रज्वलन गरिएको थियो। त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएको वेला नेपाल पनि उल्लासमय बनेको बताइएको छ। त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एक सूत्रमा बाँधेको छ, जसको उदाहरण रामललाको प्राणप्रतिष्ठाको सन्दर्भले पनि पुष्टि गरेको छ । राम मन्दिरको पुनर्निर्माण हुनु र रामललाको प्रतिमाले प्राणप्रतिष्ठा पाउनु सबै सनातनी हिन्दू धर्मावलम्बीका लागि गौरवको कुरा भएको नेपाली विद्वत् वर्गले बताएका पनि छन् । यसप्रकारको सम्बन्धले दुबै देशको धार्मिक एवं सास्कृतिक सम्बन्ध कमसेकम स्वार्थरहित ढङ्गले अगाडि बढ्नु दुबै देशको लागि हितकर हुनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?