वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

अर्घाखाँची ।
वैदिक सनातन धर्मसेवा समाज अर्घाखाँचीको प्रथम साधारण सभा तथा अधिवेशन आज जिल्लाको पाणिनि ५ मैदानमा सम्पन्न भएको छ। चन्द्रमणि घिमिरेको अध्यक्षता एवं बाबा योगीराजको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

आज आयोजित कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पाणिनि गाउँपालिकाका प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे , कोष तथा लेखा नियन्त्रक गुल्मीका प्रमुख छबिन्द्र बेल्बासे लगायत पाणिनि गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरु, पार्टी प्रतिनिधिहरु, विश्व हिन्दु महासङ्घका केन्द्रिय सदस्यहरु, धार्मिक क्षेत्रका व्यक्तित्वहरु एवं विभिन्न मिडियाहरुमा कार्यरत सन्चारकर्मीहरुको उपस्थिति रहेको थियोे । आज आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले वैदिक सनातन परम्पराको महत्त्व माठी प्रकाश पार्दै अहिलेको समयमा वैदिक सनातन धर्मावलम्बीहरु सशक्त ढङ्गले लाग्नुपर्नेमा विशेष जोड समेत दिएका थिए। आज सम्पन्न कार्यक्रममा सस्थाका आजीवन सदस्यहरुलाइ प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।कार्यक्रममा उपस्थित जनहरुलाइ पाणिनी-४ को भजन समूहले निकै रोचक र आकर्षक भजन प्रस्तुत गर्दै मनोरञ्जन समेत प्रदान गरेका थिए ।

आज सम्पन्न अधिवेशनले चन्द्रमणि घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा डिल्लिराज बेल्बासे र बिष्णुप्रसाद घिमिरे , महासचिवमा अनन्तप्रसाद घिमिरे, सचिबमा भास्कर पौडेल, सहसचिबमा रामकला घिमिरे र कोषाध्यक्षमा टेकनारायण गैरे चयन भएका छन् । त्यसैगरि सदस्यहरूमा माधब बेल्बासे, हिमलाल पौडेल, गोमा बेल्बासे, चेतनारायण घिमिरे, कृष्णप्रसाद गैरे,तुलसा घिमिरे चयन भएका छन् ।

वैदिक संस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यबाट वि. सं. २०७१ साल असौज ९ गते घटस्थापनाको दिन मैदान पटौटीका धर्मप्रेमीहरुको रोहवरमा वैदिक सनातन धर्म सेवा समाज, पाणिनि,अर्घाखाँची नामक सस्थाको सुरुवात भएको थियो । उक्त सस्थालाई वैधानिकता दिने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयबाट वि.सं. २०७८ मा दर्ता प्रक्रिया सम्पन्न गरि आज सनातन धर्मावलम्बीहरुको बाक्लो उपस्थितिमा साधारणसभा सम्पन्न भएको छ । संस्थाले आफ्ना गतिविधिहरुलाइ समाजमा पस्कने क्रममा विभिन्न किसिमका उद्दार, सहयोग तथा चेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको वैदिक सनातन धर्म सेवा समाजका नव निर्वाचित महासचिव अनन्तप्रसाद घिमिरेले जनाएका छन् ।

आजको कार्यक्रमको सन्चालन समितिका उपाध्यक्ष अनन्तप्रसाद घिमिरेले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
घनश्याम भट्टराई
लेखकको बारेमा

घनश्याम भट्टराई

भट्टराई समाचारपोष्ट डटकमका मल्टिमिडिया प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?