अप्सरा : जिल्लाकै पहिलो मुस्लिम महिला सरकारी जागिरे

अर्घाखाँची । अर्घाखाँची जिल्लामा कार्यरत स्टाफ नर्स अप्सरा अलि अर्घाखाँची जिल्ला कै पहिलो मुस्लिम महिला सरकारी जागिरे हुन् । अप्सरा मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने जिल्ला कै पहिलो महिला हुन जो सरकारी सेवामा छिन् । उनी जिल्लामा मात्र होइन, लुम्बिनी प्रदेश भरमै आफ्नो समुदायको अग्रपंक्तिमा गनिन्छिन् ।[su_pullquote align=”right”]‘पढेर जागिर खानुपर्छ भन्ने मान्यता हाम्रो समुदायमा खासै देखिदैन् तर, खै किन हो मलाई सरकारी सेवाप्रति नै लगाव भयो ।’[/su_pullquote]

बिं.सं २०५२ सालमा जन्मिएकी अप्सराको घर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोला पर्छ । बाल्यकालदेखि नै अध्ययनमा लगनशिल अप्सरा सानैबाट सरकारी जागिरे हुने सपना देख्थिन् । मुस्लिम समुदायका मानिस प्रायः ब्यापारमा बढी सक्रिय देखिन्छन तर अप्सरा आफ्नो सपनामा दृढ थिईन् । उनी भन्छिन्, ‘पढेर जागिर खानुपर्छ भन्ने मान्यता हाम्रो समुदायमा खासै देखिदैन् तर, खै किन हो मलाई सरकारी सेवाप्रति नै लगाव भयो ।’

२०६६ सालमा स्थानिय जनज्योति माबीबाट एसएलसी उत्तीर्ण गरेकी अप्सराले २०७१ सालमा लुम्बिनी हस्पिटल एण्ड टेक्नलोजी कलेजबाट पूर्ण छात्रवृत्तिमा ९२ प्रतिशत अंक लिएर प्रथम हुँदै स्टाफ नर्स पास गरिन् ।

धेरै जसो मानिसहरु अध्ययन पश्चात् सफल हुन्छन भन्ने हुदैन, तर सरकारी सेवालाई प्रमुख लक्ष्य मानेर अघि बढेकी उनले २०७३ सालमा लोकसेवाले लिएको परीक्षामा खुल्ला रूपमा प्रतिस्पर्धा गरिन र पहिलो नम्बरमा नाम निकाल्न सफल भइन् ।

जागिरको शिलशिलामा कपिलवस्तु, रुपन्देही, गुल्मी हुँदै हाल उनी आफ्नै गृह जिल्ला अर्घाखाँचीमा कार्यरत छिन् । आफ्नो लक्ष्य प्रती दृढ संकल्पित भएर अथक मेहनत र परिश्रम गरे हरेक काममा सफल हुने उनको भनाई छ । “मेहनत र लगन भयो भने सफलताले समुदाय, जात वा लिङ्ग हेर्दैन, हार मान्नु हुदैन” उनीले भनिन् ।

अहिले उनी तलबी बिदामा पूर्ण छात्रवृत्ति कोटामा महाराजगंज नर्सिङ क्याम्पस टिचिङ अस्पताल काठमाण्डौमा बि.एन.एस पढिरहेकी छिन् । उनको अहिले अध्ययनको अन्तिम वर्ष चलिरहेको छ ।

उनी आफ्नो पेशाप्रती जिम्मेवार हुँदै बिरामी र असहायहरुको सेवामा रमाउने गरेको बताउछिन् ।

** सम्पादन गरिएको – प्रधान सम्पादक
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?