१९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल दक्षिण अफ्रिकाको बेनोनीमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

पहिलो सेमिफाइनलमा भारतले आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले र दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई १ विकेट हराउँदै फाइनलमा पुगेको हो । १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत सर्वाधिक सफल टोली हो । उसले १४ वटा विश्वकपमध्ये ५ पटक उपाधि जितेको छ।

त्यस्तै दोस्रो सफल टोली अस्ट्रेलियाले ३ वटा जितेको छ । यसपटक नेपाल सुपर सिक्समा पुगेको थियो । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हारेको नेपालले अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको हो । तर सुपर सिक्समा नेपाल भारत र बङगलादेशसँग पराजित भएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?