जनकारबाहीको नाममा अराजकता

अर्घाखाँची मालारानी गाउँपालिका–८ मा रहेको बालशिक्षा माविका प्रधानाध्यापक राजेन्द्रप्रसाद पन्थीलाई विद्यालय जाने क्रममा बिचबाटो मै रोकि कालोमोसो दल्ने, हातपात र अभद्र दुर्व्यवहार गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका (मोहन वैद्य) जिल्ला संयोजक हुकुम खड्का र सहसंयोजक नगेश्वर पाण्डेले उनिमाथी दुर्व्यवहार गरे । र उक्त भिडियो सामाजिक संजालमा समेत राखे । प्राध्यापकले जाँड रक्सी खाएर विद्यालय जाने र बालबालिका लाई दुर्व्यवहार गरेको, दिवा खाजाको रकम हिनामिना गरेको अनावश्यक रूपमा शिक्षक नियुक्ति गरी घुस खाएको, एकजना महिलालाई विगतमा हातपात गरेको र आन्तरिक रूपमा रकम दिएर जनप्रतिनिधिको रोबरमा गुपचुप गरि मिलाएको, विद्यार्थीबाट अनावश्यक शुल्क असुल गरेकोले जनकारबाही गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टिले जनाएको छ भने ब्याक्तिगत रिसिविका कारण दुर्व्यवहार गरेको प्रहरिको प्रारम्भिक अनुसन्धान छ ।

यसो त दुर्व्यवहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । गलत गर्नेलाई कानुन बमोजिम कारबाही हुनु पर्छ यसमा दुई मत छैन तर यस्ता संगठनहरुले जनकारबाहीको नाममा गरिने दुर्व्यवहार अराजता नै हुन् । यसो त यस्ता घटना देशमा धेरै हुने गरेका छन् तर संयन्त्र भने निरीह बनिरहेको छ । यस्ता अराजक गतिविधिहरुलाई नियन्त्रण गर्नपर्छ । विधिको शासन भएको देशमा सबै कुरा कानुन र पद्धतिबाटै हुनुपर्छ । गलत गर्नेले कानुनको दायरामा रहेर कारबाही पाउनु पर्छ र पाउछ तर आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिका लागि राजनैतिक रंग दिएर कालोमोसो दलिनु आफैमा अपराध हो । यो कार्य समाजमा अपाच्य र कानूनको बर्खिलाप हो । कानून हातमा लिई जुन कार्य गरिएको छ, यो कार्य समाज सुहाउँदो कार्य होइन ।आबेगमा आएर गरिमे यस्ता हर्कतले एकैछिनको रीस शान्त होला तर यसको दुरगामी असर नराम्रो हुन्छ ।

पछिल्लो समय स्वतन्त्रताका नाममा, आन्दोलन र अभियानका नाममा जे जस्ता अराजक कदम चालेपनी हुन्छ भन्ने नजिर स्थापित हुँदै गइरहेको छ । विधिको शासन भएको देशमा यी र यस्ता गतिविधि अपराधिक कदम हुन् । चाहे त्यो शिक्षकले गरेको भनिएको गलत प्रबृत्ति होस् चाहे कालोमोसो दल्ने प्रवृत्ति यी दुबै खराब हुन् । यसलाई आन्दोलन, अभियान र स्वभाविक आक्रोशको हिसाबले होइन, कानुन र अपराधका हिसाबले नै हेरिनु पर्छ । नत्र देशमा यस्ता अराजक पात्र र प्रवृत्तिले प्रश्रय पाउदै जाने मात्रै होइन, यसकै आडमा देशमा अशान्ति र अस्थिरता सिर्जना हुन सक्ने खतरा छ । यसमा सरकार र सम्बन्धित सरोकारवाला निकायले समयमै सचेतता अपनाउनु आवश्यक छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?